![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
मौसमः पहाडी भागमा पानी र तराईमा हावाहुरी चल्ने
- बैशाख १०, २०८० मा प्रकाशित
![](https://kasinmedia.com/wp-content/uploads/2023/04/mausam-7.jpg)
कासिन न्यूज,
काठमाडौं ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्हपछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments