
प्रवास शिक्षाको असल सहयोगी इडियू क्लिक
- बैशाख १०, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
अहिले प्लस टु खतम गर बिदेश तिर लागि हाल भन्ने एक प्रकारको अनौठो माहोल सिर्जना भएको छ । देशका अधिकांस युवायुवतीहरुको चाहना भनेको प्लस टु पछिको यात्रा भनेको विदेशमा गएर अरु शिक्षा हासिल गर्ने र आर्थिक पक्षलाई सवल बनाउने भन्ने एक मात्र नारा जुन अहिले चर्चाको शिखरमा छ ।
यही नाराको एक अंश स्वरुप अहिले संघीय राजधानी लगायत देशका विभिन्न विकसित शहरहरुमा खुलेका शैक्षिक परार्मस अर्थात कन्सल्टेन्सीहरुले युवायुवतीहरुलाई विदेशमा शैक्षिक क्षमता बढाउन लागि सेतुको भूमीका खेलीरहेका छन् । संघीय राजधानीमा खुलेका यस्ता कन्सल्टेन्सीहरुले युवा विधार्थीहरुलाई रचनात्मक तरिकाले आफू तिर आर्कषित गर्ने गरेका छन् ।
यही मेसोका संघीय राजधानीमा खुलेको हजार कन्सल्टेन्सी मध्येको एक इडियू क्लिक कन्सल्टेन्सी जसले आधुनिक समाज र आधुनिक शिक्षाको खोजीमा लागेका युवायुवतीहरुलाई प्रवासमा शिक्षा आर्जन गर्ने कामनालाई पुरा गरिरहेको छ ।
केही वर्ष अघि मात्र स्थापना भएको इडियू क्लिकले विधार्थीहरुलाई प्रवास शिक्षाको लागि चाहिने हरेक कुराहरुमा सहयोग गरिरहेको बताउँछन् इडियू क्लिकका सञ्चालक डेभिड जोशी । अहिले पनि बिधार्थीहरुको ५० प्रतिशत रकम छुटका साथ प्रवासमा अध्ययन गर्ने माहोल मिलाउने काम इडियू क्लिकले गरिरहेको छ ।
सञ्चालक जोशी भन्छन् , बजारका हरेक गल्लीहरुमा कन्सल्टेन्सीहरुको बोर्ड झुण्डिएका होलान् । तर अरुको तुलना गर्नु भन्दा पनि आफनो बेश बनाउने तर्फ हामी लागेका छौं ।
विशेष गरेर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जर्मन र डेनमार्कको लागि प्रवास शिक्षाको चाँजोपाँजो मिलाउने काम पनि इडियूले गरिरहेको छ । देशको शैक्षिक माहोल देखी बेलाबखतमा परिवर्तन हुने ऐन नियमहरुले पनि यस्ता कन्सल्टेन्सीहरु मारमा परिरहेको पनि केही सञ्चालक बताउँछन् । प्रवासमा शैक्षिक माहोललाई भने यस्ता कन्सल्टेन्सीहरुले क्यास गरिरहेका छन् ।
इडियू क्लिकका सञ्चालका जोशीको शब्दलाई मान्ने हो भने शैक्षिक माहोल र यसलाई राम्रो बनाउने बातावरण सिर्जना गर्ने काम हामीहरुको नै हो । तर पनि बेलाबखतमा बिग्रीने शैक्षिक बातावरण र सरकारको सोचका कारण भने कन्सल्टेन्सी व्यावसायीहरुलाई केही मार परेको पनि व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
-
बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
लोकप्रिय बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
-
लोकप्रिय बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
Comments