विद्युत नियमित आपूर्ति माग गर्दै उधोगीहरु सडकमा

- बैशाख १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।
नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेकोमा उधोगीहरु सडकमा उत्रिएका हुन् । विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत कटौती हुने गरेको उद्योगीको गुनासो छ ।
आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिर्ङ तालिका सार्वजनिक गर्न माग गरे । अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।
उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।
दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ति भने २३० देखि २४० मेगावाट छ ।
विजुली सप्लाई व्यवस्थापनका लागि औद्योगिक क्षेत्रलाई पिक आवरमा लोडमा राखिने उनले बताए । उनका अनुसार औद्योगिक क्षेत्रको विद्युत कटौती रोक्ने दुई वटा बिकल्प छन्, पहिलो पानीको स्रोत बढ्नु र दोस्रो भारतबाट आयात बढाउनु ।
कुसाहा–कटैया प्रसारणलाइनबाट दैनिक ७०–८० मेगावाट विजुली पूर्व क्षेत्रका लागि आँउछ । तर विहारबाट आउने विजुली पिक आवरमा भने काटिने उनले बताए । ‘दुई वटा प्रसारणलाइन मध्ये एउटाबाट मात्रै आँउछ, पिक अवरमा उत्ता माग बढ्दा कटौती गर्छ’, उनले भने, ‘अर्काे प्रसारणलाइनबाट थप विजुली ल्याउने प्रयास भइरहेको छ ।’ जलायश क्षेत्रमा पर्याप्त पानी परेको अवस्थामा पनि विद्युत कटौती रोकिने उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर