युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै ब्राजिलका राष्ट्रपति लुला
- बैशाख १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न ूतेस्रो बाटो रोज्नुू आवश्यक रहेको शनिबार बताएका छन् ।
“म कसैलाई खुसी पार्न चाहन्न। म दुई (रूस र युक्रेन) लाई वार्ता निम्ति टेबलमा ल्याउने बाटो बनाउन चाहन्छु,” लुलाले भने । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पोर्चुगल–ब्राजिल शिखर वार्ताको मुद्दा लिएर पहिलो पटक युरोप भ्रमणमा निस्कनु भएका राष्ट्रपति लुलाले शुक्रबार लिस्बन पुगेर सो टिप्पणी गरेका हुन ।
यी दुई देशले शिक्षा, न्याय, स्वास्थ्य जस्ता क्षेत्रहरूलाई समेट्दै विभिन्न १३ विषयमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
संयुक्त घोषणामा, लुला र उनका पोर्तुगाली समकक्ष मार्सेलो रेबेलो डे सुसाले अन्तरराष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघ बडापत्र र द्वन्द्वको शान्तिपूर्ण समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।
उक्त घोषणामा पोर्चुगल र ब्राजिलले टर्किए र संयुक्त राष्ट्रसंघद्वारा मध्यस्थता गरिएको ब्ल्याक सी ग्रेन इनिसिएटिभलाई समर्थन गर्ने र जुलाई २०२२ मा रूस र युक्रेनले अनाज र मल निर्यातको लागि समुद्री मानवीय कोरिडोर स्थापना गर्न हस्ताक्षर गरेको विषय समेटिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments