तनहुँमा उपनिर्वाचन : ५२ प्रतिशत मत खस्यो
- बैशाख १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
तनहुँ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो ।
मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा एकै साथ मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार तीन सय ६८ जना कर्मचारी परिचालन गरिएको थियो ।
मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । तनहुँ निर्वाचन क्षेत्र नं १ मा ५ वडा पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । उक्त क्षेत्रमा महिलातर्फ ६३ हजार सात सय ६५ र पुरुषतर्फ ५९ हजार पाँच सय ४० गरी कूल एक लाख २३ हजार तीन सय पाँचजना मतदाताले मतदान छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments