‘वानीरा पुरस्कार’ वैरागी काइँलालाई
- बैशाख १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिएको छ ।
नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।
त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पु¥याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई रु ५० हजार राशिसहित वानीरा पुरस्कार प्रदान गरियो । भीमबहादुर बोटेलाई पनि रु २५ हजार नगदसहित वानीरा सेवा पुरस्कार प्रदान गरिएको छ ।
सबै पुरस्कार आइतबारआयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले प्रदान गरे । साहित्यकार काइँलाले विशेषगरी तेस्रो आयामको प्रवर्द्धनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान पु¥याएका छन् ।
नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको सम्झनामा पुरस्कार स्थापना गरिएको हो । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन । कोरोनाका कारण गिरीको विसं २०७८ जेठ ९ गते निधन भएको थियो । गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।
सो अवसरमा पुरस्कृत काइँला र पराजुलीले भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलेख’ को लोकार्पण गर्नुभएको थियो । पुरस्कृतद्वय काइँला र पराजुलीले मुलुकको सबैखाले भाषा तथा साहित्य संरक्षणका लागि सबै सर्जक जुट्नुपर्ने खाँचो औँल्याइन् । पुरस्कारले साहित्य सिर्जनाको यात्रालाई थप ऊर्जा थपेको उनीहरूको भनाइ थियो ।
फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईं र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले संस्थाले साहित्य सिर्जना र प्रवर्द्धनका लागि संस्थाले खेलको भूमिकाबारे उल्लेख गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments