उपनिर्वाचनको मतदान सम्पन : मतपेटिका जम्मा भए लगत्तै मतगणना सुरु हुने
- बैशाख १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
चितवन-२ मा सम्पन्न उपनिर्वाचनको मतदानपछि मतपेटिका संकलन भइरहेको छ । मुख्य निर्वाचन कार्यालय चितवनका अनुसार सबै मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा ल्याउनेक्रम जारी रहेको छ ।
आयोगले राति १० बजेभित्र सबै मतपेटिका जम्मा भइसक्ने जनाएको छ ।
आयोगले चितवन(२ मा ६३ प्रतिशत मतदान भएको जनाएको छ । जुन यसअघि मङ्सिर ४ को मतदान भन्दा करिब ५ प्रतिशतले कमि हो ।
चितवन २ मा गत वैशाखमा एक लाख २४ हजार २१५ मतदाता रहेकामा यसपालि ४८० जना थपिएर १ लाख २४ हजार ६९५ मतदाता रहेका थिए । तर, मतदाता थपिए पनि मतदान भने मंसिरको भन्दा कम भएको छ ।मतपेटिका मतगणना स्थलमा ल्याइसके लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यस क्षेत्रमा रास्ववाबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments