पृथ्वी राजमार्ग अन्र्तगत गुणादीमा दुई बस एकापसमा जुध्दा १३ यात्रु घाइते
- बैशाख ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
तनहुँ ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो २स्४५ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदैगरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदैगरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी ले जनाएको छ । पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका छन् ।
उनीहरु सबैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा व्यास नपा। – ५ पतेनी बस्ने वर्ष ६३ की हिरा बिक, सोही ठाउँमा बस्ने वर्ष ६६ को त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल, म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल घाइते भएका छन् ।
इसैगरी, गोरखा पालुङटार न।पा। –२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउपालिका –१ बस्ने वर्ष १९ कि इल्का लिम्बु घाइते हुनुभएको छ । उहाँहरु सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते हुनुभएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments