राजनीतिक नाटक सुरु > सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने बाध्यता छैन् – रास्वपा सभापति लामिछाने

- बैशाख १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।
सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’


सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।
तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर