अब पनि जनताको आवाजलाई नसुन्ने हो भने अब आउने निर्वाचनमा ठूला दलहरु बडारिने छन् – कांग्रेस सभापति देउवा

- बैशाख १२, २०८० मा प्रकाशित



कासिन न्यूज,
काठमाडौं ।

नेपाली जनताले अब चाँही ठूला दलहरुलाई चासो देखाउन छोडेको रहेछन् भन्ने प्रमाणित भएको छ नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बोल्दै कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन् ।
सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले भने पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता भै सक्यो अब ।
सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए।
अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।
सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए।

उनले भने, ‘नेपाली कांग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ? भन्नेकुराको बारेमा छलफल गरेको छ। पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ। यसलाई अब कसरी लैजाने? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो।’
आइतबार सम्पन्न भएको चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा ठूला पार्टीहरूले अपेक्षा गरेअनुसार मत नपाएको देखिन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर