‘अन्तर्राष्ट्रिय राजदूत पूरस्कार’ को छनौटमा नेपाल तेक्वान्दो महासंघका अध्यक्ष शर्मा

- बैशाख १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल एवं अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा लागेका नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फ्रेडेरेशन(आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत पूरस्कार’ का लागि छनौटमा परेका छन् ।
शर्मा विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन भने नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत रहेका छन् ।
अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा हुने आइटिएफ, हल अफ फेम अवार्ड कार्यक्रमको पाँचौँ संस्करणका अवसरमा प्रदान गरिने विभिन्न विधाहरुमध्ये शर्मा उक्त पुरस्कारका लागि छनौटमा परेका छन् ।


आइटिएफले लाइफटाइम योगदान पुरस्कार, अन्तर्राष्ट्रिय राजदूत पुरस्कार, उत्कृष्ट एथलीट पुरस्कारलगायत ४ विधामा विभिन्न देशमा तेक्वान्दो क्षेत्रमा योगदान पु¥यार्एकाहरुलाई सम्मान गर्दै आएको छ ।
शर्माले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा २२ र २३ अप्रिल २०२३ मा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को लागि नेपालको टिम प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्ने छन् । शर्माले मार्सल आर्टसँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।
मार्सल आर्ट क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण उनी दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर