विचार
स्वार्थ भन्दा समाज बिकास महान हो भन्ने कुराको आत्मासाथ गर्नु नै हामी युवाको कर्तव्य
- बैशाख १३, २०८० मा प्रकाशित
शिशिरराज पाण्डे ।
साच्चै राष्ट्रको विकासको खाका कोर्ने हो भने त्यसको जिम्मेवारी अहिलेका युवालाई दिनुपर्छ । यही विचारलाई आधार मानेर अहिले विश्वका केही बिकसील राष्ट्रहरुले आफनो देशको युवाहरुलाई अगाडी लगाई रहेका छन् । यही हिसाबमा राष्ट्रले विकासको डोरी समाउन सकेको छ ।
जति जति बिकासका संरचना र मोडलहरु परिवर्तन हुँदै जान्छ । त्यसका लागि समाबेशी बिकास, भौगोलिकता , सार्बभौमसत्ता , राष्ट्रिय एकताले महत्त्वपूर्ण भूमीका खेलेको हुन्छ । त्यसमा पनि युवाहरुको भूमीकालाई अहंम मानिन्छ ।
संघियताले अवलम्बन गरेको अवधारणा अनुसार बिकास केन्द्रिकृत नभई विकेन्द्रीकरणको माध्यमबाट गाउँ गाउँ मा पुग्छ। स्थानिय तहमा रहेको ज्ञान् , सीप, कलाको संरक्षणमा टेवा पुग्छ्। जनसहभागिताले आत्माबिश्वास बलियो र बिकास मा दिगो पना देखा पर्छ।
सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ ।
तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।
राजनैतिक नितान्त समाज सेवा हो तर हाम्रो देशमा विभिन्न स्वार्थ को लागि हेरिएको छ । तेस्रो ध्रुबका मानिस हामीमा धनी र गरिब बिचको खाडल झन फराकिलो बन्दै गएको छ। नेताहरु जनपक्षीय सुधारको कामहरु भन्दा माफिया , नाताबाद , कृपाबाद र पुजिबादको दलदलमा फसेको छ ।
ब्यक्तिगत स्वार्थका लागि राम्रोलाइ भन्दा दल र आफ्नो लाई प्राथमिकता दिदै भ्रष्टाचारका काण्डहरु ढाकछोप गर्न आतुर छ्न ।
सुशासन , लोकतन्त्र र कानुनी राज्य को अपहेलना गर्दै – भ्रष्टाचार ठहरिएका , अनुशासन हिन , देशको सार्बभौमसत्ता माथी पटकपटक आक्रमण गर्ने बिदेशी दलालिहरुलाइ पुरस्कृत गर्दै छ। त्यसैले युवाहरु समाज बिकासका लागि राजनैतिक आबरण भन्दा बाहिर बसि – आफ्नो स्वार्थ भन्दा समाज बिकास महान हो भन्ने कुराको आत्मासाथ गर्नु हामि युवाको जिम्मेवार पनि हो। अब आ(आफ्नो स्थानीय तहसङ्ग सहयोग , सहकार्य र समन्वय गर्दै दिगो बिकासमा जोड दिई – बाटोघाटो , बिजुली बत्ती , शिक्षा , स्वास्थ्य , बनजङ्गल , सार्बजनिक स्थलको संरक्षण गर्दै गुणस्तरीय सुधार गर्न तर्फ अग्रसर हुनुपर्छ । समाजमा ब्याप्त कुसंस्कार , अशिक्षा , अन्धबिश्वास लाई सकारात्मक माध्यम बाट प्रोत्साहन गर्दै समतामूलक समाजमा जोड दिनुपर्छ।
बिकास समाजमा हुने सकारात्मक परिवर्तन हो। बिकासले घर , परिवार , समाज र राष्ट्रका जनताका गाँस , बाँस , कपास , शिक्षा , स्वास्थ , रोजगार सङ्ग प्रत्यक्ष सरोकार राख्दछ्। बिकासले सामाजिक , आर्थिक , सास्कृतिक र राजनैतिक बिषयमा परिवर्तन ल्याउनुको साथै समाज बदल्छ, सेवा( सुबिधाको छिटो छरितो तरिकाले प्रत्यभुती गर्छ। गुणस्तरीय शिक्षा , स्वास्थ र रोजगारको अबसर प्रदान गर्छ।
सभ्य समाज निर्माण गर्दै , बिज्ञान र प्रबिधिको युग सङ्ग प्रतिस्पर्धा गर्न सक्ने क्षमता निर्माण गर्छ । कामहरु छिटो , छरितो र भरपर्दो तरिकाले गर्छ । युवा शक्ति कुनै पनि समाजको सामाजिक , आर्थिक र राजनैतिक परिवर्तनका संवाहक हो। यो एउटा सक्रिय , उर्जावान , क्रान्ति र बिचारको समूह पनि हो। राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र समाज निर्माणमा युवाको महत्त्वपूर्ण भुमिका रहन्छ। किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार र परिवर्तन भएका छन्, ती सबै युवाको सक्रिय सहभागिता र पहलकदमीमा मात्र सम्भव भएका छन् । यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक हुन् ।
यसै सन्दर्भलाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङजस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ ।
बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरूको आफ्नै भविष्य अन्धकारतिर यात्रारत छ । समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धेकेलिनु हो । तथापि आज देशमा शिक्षित युवा नभएका पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सीमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ मात्र बनिरहेका छन् । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हुन् ।
हाम्रो देशको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो ।
त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन्, सबैभन्दा बढी
अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ । आफ्नो नागरिकप्रतिको राज्यको यो हदसम्मको अनुदारता र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारी नीति, नियम र गैरजिम्मेवार राज्यव्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ र त्यसका विरुद्ध र विकल्पमा समतामूलक नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ ।
आज विरुवाको रूपमा देखिएको यो नवीन चेतना नै भोलि तराईको फाँटदेखि पहाडको कुनाकन्दरा हुँदै हिमालको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको अहिलेको हाम्रो सामाजिक संरचनालाई नष्ट गरेर ढिलोचाँडो नयाँ सामाजिक संरचनाको स्थापना गर्ने छन्, जहाँ कसैले पनि विभिन्न जातपात, धनीगरिब र धर्मको आधारमा विभेदको महशुससम्म गर्न पाउँने छैनन् ।
युवा वर्ग अब सामाजिक संजाल बिरोध अभियान्तका रुपमा होइन समाज बिकास अभियान्तको रुपमा चित्रण गर्न सक्नु पर्छ। युवाहरु अब माइतीघर मण्डला अगाडि होइन नेताको घरदैलो अगाडि घेर्न सक्नुपर्छ । पब्जी , फेसबुक , समाजिक संन्जालमा हराइरहेका युवाले आफ्नो गाउँ (आफ्नो ठाउँ र आफ्नो परिवेश चिन्ने कोसिस गर्नु पर्छ। समाजका बुद्धिजीवी , समाजसेवी , राजनितिज्ञहरु को सल्लाह , सहयोग र सुझावमा स्थानीय तहहरु सङ्ग समन्वयकारी र हस्ताक्षपकारी दुबै माध्यमबाट आफ्नो गाउँ आफै बनाउने अठोट गर्दै गाउँमा भएका आफ्नो बाझो जग्गालाइ उब्जाउ भुमिमा बदल्न , मौलिक परम्पराको संरक्षक र संब्रधन गर्न, समाबेशी बिकासलाइ आत्मासाथ गर्न, समाजिक समानता कायम गर्न र समाजमा रहेको पÞmोहोर लाई बढार्दै सुन्दर शान्त गाउँ बिकास निर्माणमा युवाहरु अग्रसर हुनुपर्छ ।
विगतका दशकमा अधिकार प्राप्तिका लागि लडेका युवा अबको आधुनिक समयअनुसारको सभ्य समाज निर्माण, सुशासन र समृद्ध राष्ट्रको परिकल्पना पूरा गर्ने अहम् जिम्मेवारीसाथ नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ । राष्ट्रको अमूल्य जनशक्ति गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई नीति–निर्माण र राष्ट्रिय विकासको मूलधारमा ल्याउनु नै युग परिवर्तनको परिकल्पनातर्फ उन्मुख हुनु हो भन्ने विषयमा अहिले नै गम्भीर भएर सोच्नु जरुरी छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments