सेवा शुल्क बापत दिइने रकम १ महिनाको तलब बराबर भए सबै व्यवस्थित हुन्थ्यो – अध्यक्ष भण्डारी,रोजगार व्यवसायी संघ

- बैशाख १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशीक रोजगार व्यवसायलाई अझ मर्यादित र सम्मानित पेशाको रुपमा उजागर गर्नका लागि यसका केही विधिमा सुधार गर्नु पर्ने बताएका छन् ।
वैदेशीक रोजगारमा सुधारको पहिलो स्वरुपमा रोजगार व्यवसायीहरुले लिने सेवा शुल्कमा परिमार्जनलाई प्राथमिकता राखेका मन्त्री भण्डारीको उक्त भनाई स्पष्ट नभएको भन्दै व्यवसायीहरुले बैदेशिक रोजगारमा जाने कामदार सँग एक महिना तलब बराबरको सेवा शुल्क लिन पाउनु पर्ने अडान राखेका छन् ।
उता नेपाल वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन् , मन्त्री जी को भनाई एक तहमा ठिक होला । तर वैदेशीक रोजगारमा जानेहरुले सेवा शुल्क बापत दिने रकममा १ महिनाको तलव बराबरको सेवा शुल्क दिने प्रक्रिया लागू भए ठिक हुन्थ्यो । यो व्यवस्था भएको खण्डमा कामदारहरुलाई पनि थोरै लगानी पर्ने र यो क्षेत्र पनि व्यवस्थित हुने भनाई अध्यक्ष भण्डारीको छ ।
तर मन्त्री भण्डारी भने वैदेशीक रोजगार व्यवसायीहरुलाई अनुशासनको दायरामा ल्याउनको लागि समयासापेक्ष हुने गरि उपयुक्त सेवा शुल्कको व्यवस्थापन गर्ने तयारीमा रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर