मधेश राजनीति
जिते पनि सुख छैन – मधेसमा यादवका लागि राउत खतराको घण्टी

- बैशाख १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

जब मधेशमा जनमत पार्टीको उदय भयो । जसको अध्यक्ष छन् सिके राउत । तब मधेशमा रजगज गरिरहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव माथि कालो बादल छाउन थाल्यो । मधेश राजनीतिमा महन्थ ठाकुर देखी राजेन्द्र महतो सम्म बिस्तारै पाखा लगाउने प्रयासमा लागेका जसपाका अध्यक्ष यादव माथि जब सिके राउतले मधेश राजनीतिमा हात हाले ।
त्यसबखत देखी राजनीतिमा केही निरासा छाउन थाल्यो । जुन निरासाको उपज गत मंसिर ४ मा भएको निर्वाचनमा छत्ताछुल्ल भयो । मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमतका अध्यक्ष राउतले यादवलाई १८ हजार ६३ मतको विशाल अन्तरले हराएका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मतमा सीमित बन्न पुगे ।
२०७४ को चुनावमा यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यति बेला उनले २१ हजार ६२० मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८० मत ल्याएका थिए । २०७४ मा झन्डै दोब्बर मतले जितेका यादव २०७९ को चुनावमा राउतबाट लज्जास्पद हार बेहोर्न बाध्य बने ।
हुन त २०७० को दोस्रो संविधानसभा चुनावमा मोरङबाट चुनाव हारेका यादव सुनसरीबाट बल्लतल्ल चुनाव जितेका थिए । सुनसरीबाट सप्तरी सरेका यादव त्यहाँ पनि दोस्रो चुनावमा हारेपछि बारा सरे ।
बारा–२ मा यादवले आफ्नो लागि क्षेत्र खाली गर्न प्रतिनिधि सभामा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका थिए । कडा प्रतिस्पर्धाबीच चुनाव जिते पनि यादवका लागि अगामी दिनमा मधेसमा झनै चुनौती थपिएको छ ।
मधेसको राजनीतिमा सिके राउत यादवका लागि ठुलो चुनौती भएर उभिएका छन् । उपनिर्वाचनको परिणामले आगामी चुनावसम्म राउत र यादवबीच मधेसमा द्वन्द्व झनै बढ्ने सङ्केत देखिएको छ । तर उपनिर्वाचनपछि जनताको अपेक्षासँगै विपक्षीको प्रहार पनि बढेको छ । अगामी दिनमा सिके राउत लागि झन् ठुलो चुनौती हुनेछन् ।’
पहाडमा जसरी काँग्रेस–एमालेका लागि रवि लामिछाने खतराको घण्टी बन्दैछन्, त्यसरी नै मधेसमा यादवका लागि राउत खतराको घण्टी बनेका छन् । तर अहिले पनि केही नबिग्रेको यादवका सर्मथकहरु बताउँदै आएका छन् ।
दलहरूले आफूलाई सुधार गर्न सके भने रवि र सिके राउतहरूलाई फेरि पछाडि पार्न सकिने बताए ।

मङ्सिर ४ गतेको चुनावपछि राउतले मधेसमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । यो उपनिर्वाचनले उनी झनै बलियो भएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई राउतका उम्मेदवार शिवचन्द्र कुशवाहाले जसरी टक्कर दिए, त्यसले मधेसमा जनमत पार्टी शक्तिशाली रहेको कुरा पुष्टि भएको छ । मधेसमा यसअघि जसपा र लोसपाबीच प्रतिस्पर्धा थियो । आगामी दिनमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यादवले मात्र होइन, मधेसमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतका अन्य शीर्ष नेताहरूले पनि आ–आफ्नो राजनीतिक गतिविधिमा परिवर्तन ल्याउनुपर्ने अवस्था अब सिर्जना भै सकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर