गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
- बैशाख १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेकाका पाण्ेडेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत भएका पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलनका सशक्त व्यक्तिका रुपमा परिचित छन् ।
पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिनुभएका पाण्डे विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भातृसंस्था नेविसङ्घमा आबद्ध थिए। विसं २०३७ मा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण भएका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
राजनीतिक संघर्षका क्रममा विसं २०४५ मा र राजाको प्रत्यक्ष शासन २०६१ साल मा गरी झण्डै आठ महिनाभन्दा बढी समय जेल जीवन बिताएका उनी पटक–पटक लोकतान्त्रिक आन्दोलनमा हिरासतमा परेका थिए । विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका उनी २०३९ सालमा नेविसङ्घको अस्कल क्याम्पस एकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए ।
विसं २०४९ मा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभएका पाण्डे २०५९ मा नेपाल तरुण दलको केन्द्रीय महासचिव बने । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेएका उनले २०७४ सालमा राष्ट्रियसभामा सांसद रही पार्टीका तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारी बहन गरेका थिए ।
गोरखा क्षेत्र नं २ मा सङ्घीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा आउने भएपछि क्षेत्र नं २ को प्रदेशसभा २ बाट चुनाव लड्दै निर्वाचित भएका थिए ।
मुख्यमन्त्रीमा निर्वाचित भएसँगै उनले प्रदेशको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments