कर्णाली प्रदेश
केन्द्रिय राजनीतिमा आएको समीकरणको कडा मारमा मुख्यमन्त्री शर्मा -तेस्रो पटक विश्वासको मत लिंदै
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
केन्द्रिय राजनीतिमा आएको समीकरणको कडा मारमा अहिले कर्णाली प्रदेश परेको छ । राजनीतिमा आएको उथलपुथलका कारण प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तेस्रो पटक विश्वासको मत लिने तयारीमा छन् ।
शुक्रबार दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको वैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा सदनमा उपस्थिति जनाउने छ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ। मन्त्रिमण्डल विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्। शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
यता, प्रदेश सभाका विभिन्न चार समितिले शुक्रबार पूर्णता पाउने भएका छन्। प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यको नामावली सदनमा रहेका दलले सचिवालयमा बुझाइसकेका छन्।
‘उहाँहरूले दलबाट प्रतिनिधित्व हुने गरी चारवटै समितिका लागि सांसदको नाम पठाइसक्नु भएको छ’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेश सभा बैठकमा सभामुखज्यूले नाम पढेर सुनाउनु हुन्छ। त्यसपछि समितिले पूर्णता पाउँछ।’
शुक्रबार समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उनको भनाइ छ। ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन्।’ उनले भने, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रिया अघि बढाएर अध्यक्ष चयन गर्नेछन्। अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments