अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको महानिर्देशक डा. बरमेजो आउँदै

- बैशाख १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।
महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासंघमा विश्वका १सय ४२ देशका परिवार नियोजन संघ आबद्ध छन् । नेपाल परिवार नियोजन संघ पनि उक्त महासंघको सदस्य संघ हो ।
संघले सन् १९६० मा यस महासंघको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै संघले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासंघबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।
महासंघका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण हुन लागेको संघले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोकोे द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पाँचदिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर