समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो – रास्वपा सभापति लामिछाने
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदैे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए ।
‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने ।
यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए । उनले भने, ‘समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’
मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए । यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताए। ‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन,’ लामिछानेले भने, ‘धेरै कुरा मिल्नुपर्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments