अन्मिनले अयोग्य प्रमाणीकरण गरेका अयोग्य लडाकूलाई २ लाख दिने प्रक्रिया बन्द गरियोस् – एमाले प्रमुख सचेतक गिरी
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आर्थिक संकटमा रहेकाको बेला वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका ४८ सय अयोग्य लडाकूलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताउँदै खारेज गर्न माग गरेका छन् ।
चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’
अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले भने, ‘त्यो पैसा कहाँ गयो ?’ एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए ।
अर्थतन्त्र शिथिल भएको बेला अन्मिनको प्रमाणीकरणमा नपरेका माओवादी पूर्व लडाकुलाई रकम वितरणका लागि गृह मन्त्रालयले कार्यविधि पास गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments