•  २३ पुष २०८१, मंगलवार

एस राजनीति
समाजवादी मोर्चा बनाउने सोचमा एसका अध्यक्ष नेपाल

- बैशाख १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
जनकपुरधाम ।

प्रदेश सरकारहरुको नेतृत्वमा दलहरुका बीचमा आलोपालो हुने नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । पार्टीनिकट समाजवादी प्रेस संगठन नेपाल धनुषाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए।
जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै नेपालले पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने बताए। कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए।

अध्यक्ष नेपालले भने– कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन। यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो? अरुलाई बडो उपदेश दिने मान्छेहरु।

समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन। समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो। त्यसमा प्रतिवद्ध भएको पार्टीहरुको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ। यसको निम्ति नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकताबद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर