सरकार असफल
काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ फास्ट ट्र्याकमा पारित गर्न सरकारले सकेन
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विभिन्न तीन वटा विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारको प्रयास असफल भएको छ । सदनमै दफाबार छलफल गर्ने र पास गर्ने, विशेष समिति गठन गरेर अगाडि बढाउने भनी तय भएका विधेयक पनि संसदीय विषयगत समितिमै पुगेका छन् ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने सहमति गरेका थिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक विशेष समिति गठन गरेर सोही समितिमा पठाउने सहमति पनि ठूला तीन दलका शीर्ष नेताहरुले गरेका थिए ।
यसका अलावा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पनि फास्ट ट्रयाकमा पारित गर्ने सरकारको योजना थियो ।
तर, तीन वटै विधेयक फास्ट ट्रयाक अगाडि बढ्न सकेनन् । दफावार छलफलको चरणमा पुगेका तीन वटै विधेयक सम्बन्धित विषयगत समितिमा पुगेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले तीन वटै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।
यसका साथसाथै शुक्रबारको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको चार वटा विधेयकलाई विषयगत समितिमा पठाएको छ ।
राष्ट्रिय सभाबाट पारित भएर आएका खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक र अखिलेख संरक्षण विधेयक सम्बन्धित विषयगत समितिमा पठाउने प्रस्तावलाई सभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments