सम्पादकीय
मुगुकी राममाया बुढाको अवस्था नै लामिछानेको जितको पहिलो कारण
- बैशाख १५, २०८० मा प्रकाशित
१५ बैसाख ।
उपनिर्वाचनमा चितवन जिल्लाबाट दोस्रो पटक बिजयी भएपछि नेपाली राजनीतिको मार्केटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको क्रेज ह्वातै बढेको छ ।
रावस्पा सभापति लामिछानेको बिजयी सँग राजनीतिक मार्केटमा जमाना देखी आफनो रजगज गरिरहेका देशका ठूला दलहरुमा भने एकप्रकारको सन्नाटा छाएको छ । चुनाव प्रचारको क्रममा सभापति लामिछाने माथि दलहरुले प्रयोग गरेका विभिन्न नकारात्मक टिका टिप्पणीले ठ्याक्कै उल्टो धारा बगेको संकेत पनि गरेको छ । राजनीतिक दलको धेरै नकारात्मक कार्य क्षमतले गर्दा जनमानस भरिएको आक्रोशको एउटा संन्देश थियो यो उपनिर्वाचन ।
उपनिर्वाचनमा देखीएको परिणामले के प्रस्ट्याउँछ भने नेपाली जनमानस अब आफनो सोचलाई त्यति कै खेर फाल्ने छैन ।दल गठन गरेको पुग नपुग एक वर्ष माथि नपुगेको रास्वपाले राजनीति क्षेत्रमा आफनो क्यारिएरलाई ह्वातै बढाएको छ । हुन त राजनीतिमा दलहरु तलमाथि नहुनुलाई सामान्य मानिन्छ । तर पनि रास्वपाको छलांग भने चानचुने छलांग मान्न सकिदैन् ।
सभापति लामिछानेको आक्रामक भाषण र जनहरुबाट प्राप्त साथ सहयोग पनि रास्वपाको लागि सुखद क्षण थियो ।
राजनीतिमा परिवर्तन भन्ने शब्दले ठूलै स्थान ओगटेको हुन्छ । बिगत देखी देशको राजनीतिक चावीलाई घाँटीमा झुण्ड्याउने परम्परा बोकेका दलहरुलाई जसरी सभापति लामिछानेले आफनो स्थानमा ल्याए । यो दलहरुको लागि शुभ संकेत भने होइन ।
नेपालीमा एउटा उखान छ बिरालोको घाँटीमा कसले घण्टी झुन्ड्याउने भन्ने । पहिलो राजनीतिक आन्दोलन देखी राज्यमा एकछत्र राज गरिरहेकाहरुका राजनीतिक दलहरुको घाँटीमा रास्वपा सभापति लामिछाने घण्टी झुण्ड्याएका छन् । अहिले राजनीतिक दलहरुको काम कार्वाहीहरु देखेर जनमानसका एक प्रकारको बितृष्णा उत्पन्न भएको छ । त्यही बितृष्णाको कदर स्वरुप जनमानसहरुले राजनीतिक दलहरुलाई ठूलै सबक सिकाएका छन् ।
२०४७ सालमा भएको पहिलो परिवर्तन सँगै नेपालमा राजनीतिक दलहरुको उदय भएको हो । लगभग ४५ वर्षको अवधिमा नेपालमा विभिन्न खाले राजनीतिक घटनाक्रमहरु भए । जसमा आमूल परिवर्तन पनि भएका छन् ।
जनमानसहरु जसरी परिवर्तनको लागि आफनो ज्यानको समेत आहुती दिन पछि परेनन । र देशमा परिवर्तनकोे खाका कोरेर राजनीतिक दलहरुलाई जसरी छाती फुकाएर हिंड्ने बातावरण सिर्जना गरिदिए । त्यसको अनुपातमा राजनीतिक दलहरुले जनमानसहरुलाई दिनु पर्ने एकछेउ पनि दिन नसकेको उदाहरणहरु धेरै छन् ।
झन बिस्तारै बामे सर्दै गरेको बिकासका पाइलाहरुमा कुल्चिने कार्य राजनीतिक दलहरुले गरेको राजनीतिका पण्डितहरु बेलाबखत बताउने गर्छन् । जसको पछिल्लो उदाहरण हो मुगुको छायाँनाथ रारा नगरपालिका । सोही नगरपालिको १२ नम्बर वडामा पर्ने सोभागाउँकी राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि अहिले सम्म पनि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा बुढाको परिवार अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन् ।
बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला । सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पु¥याएको छैन । बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ । बालबालिका गृहकार्य गर्नबाट समेत वञ्चित छन् ।
टोटल सिण्डिकेटमा चलेको हाम्रो राष्ट्रमा परिवर्तन र यसका सम्भावनाका कुराहरु बेला बखत बाहिरी रहेका हुन्छन् । तर कुराहरु बाहिरीए पनि राष्ट्रका केही जिल्लाहरुमा भर्खर मात्र उज्यालो हुन्थालेको छ। मुगु जिल्ला पनि रास्वपाका सभापति लामिछाने दोस्रो पटक बिजयी हुनुको कारण हो । खाली मिठा र थोत्रा आश्वसनले जनमानसलाई अध्यारोमा राख्ने बानी बसेका राजनेताहरु सँगै अहिले जनमानसहरुको ठूलो असन्तुष्टि रहेको छ भन्ने कुरा पनि रविको बिजयीको अर्को कारण हो ।
अब पनि राजनीतिक दलहरुले आफूमा परिवर्तन ल्याएनन भने अबको चुनावी माहोलमा दलहरु सोत्तर नहोलान् भन्न सकिदैन् । जहिले सम्म राजनीतिक दलहरुले राममाया बुढाको लल्कारलाई साच्चै गम्भिरतापूर्वक लिंदैनन । रवि जस्ता हजारौ रविहरु नआउलान् भन्न सकिदैन । त्यसले सरल र सच्चा राजनीतिक दलका रुपमा आफूलाई उभ्याउने प्रयास राजनीतिक दलहरुले नगर्ने हो भने यसको धेरैै नराम्रो असर पर्ने कुरामा दुईमत छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments