मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
कर्णाली ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेकाछन् ।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको शुक्रबार बसेको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गरेका थिए । जसअनुरुप उनले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल भएका छन् ।
प्रदेशसभाका ३९ सदस्यमध्ये २९ जनाले उनलाई विश्वासका मत दिएका थिए । मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त भएको हो । नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए ।
नेकपा (एमाले)का नौ र राप्रपाका एक गरी १० सदस्यले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए । राष्ट्रिय राजनीति बदलिएसँगै सङ्घ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक सभाबाट उनले विश्वासको मत लिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments