दिगो विकास लक्ष्य प्राप्तिका लागि कार्यक्रम ल्याउँछौँ : मुख्यमन्त्री कार्की
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आवश्यकपर्ने योजना र नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।
प्रदेश योजना आयोग र दिगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले सन् २०३० सम्म प्राप्त गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्ने सम्बन्धमा समग्र छलफल गरी वार्षिक नीति तथा बजेट निर्माण गर्ने विश्वास दिलाए ।
मुख्यमन्त्री कार्कीले भने, “हामीले दिगो विकासको लक्ष्य प्राप्त भएपछि विकासोन्मुख र विकसित मुलुकमा प्रवेश गर्ने छौँ र यो हाम्रो लागि ठूलो अवसर हो ।” उनले संयुक्त राष्ट्रका सङ्घको सदस्य राष्ट्रको हैसियतले नेपाल सरकारले लिएको दिगो विकास हाशिल गर्ने प्रतिबद्धतालाई प्रदेश सरकार निर्वाह गर्नुपर्ने भूमिका एवं दायित्व पूरा गर्न सक्षम रहेको प्रष्ट पारे ।
उनले आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर, सुशासन, खानेपानी, खाद्य सामाजिक सुरक्षा, विकास पूर्वाधार तथा गरिवी निवारणजस्ता विषयलाई प्राथमिता दिएर योजना कार्यान्वयन गरिरहेको बताए । सङ्घीय सांसद दिगो विकास सुझाव समिति सभापति प्रकास पन्तले सन् २०३० सम्ममा नेपालमा दिगो विकास हाशिल गर्ने लक्ष्य सरकारको रहेकाले त्यो लक्ष्य पूरा गर्न प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
सङ्घीय सांसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सन् २०३० सम्म नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्त गर्न प्राप्त भएका भएका सुझाव कार्यान्वयन गर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इश्वरकुमार गिरीले प्रदेश सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको कार्यको विवरण प्रस्तुत गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments