कार्यवाहक राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना : नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरव हो
- बैशाख १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा शुभकामना दिँदै उनले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने जनाएका छन् ।
उनले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरेका छन् । यस अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेका छन् ।
कार्यवाहक राष्ट्रपति यादवले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments