कप्तान पौडेल र मल्लको अर्धशतकले क्रिकेटमा ल्यायो नयाँ तरंग

- बैशाख १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कप्तान रोहित पौडेल र कुशल मल्लको अर्धशतकसँगै नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध विशाल योगफल तर्फअघि बढेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको छ । नेपालका रोहित पौडेल ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा क्रिजमा छन् । कुशल मल्ल ४२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनमा क्रिजमा छन् ।

चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका छन् । रोहितले ५६ बल र कुशल मल्लले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

खेल ४२ ओभरको हुनेछ । वर्षाको कारण दुई घण्टा ढिलो सुरु भएपछि खेल ८–८ ओभर घटाइएको छ । दुई जना बलरले मात्रै बढीमा ९–९ ओभर बलिङ गर्न पाउनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर