नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य पायो

- बैशाख १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।

सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झ¥यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए । कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर