अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको विरोधमा युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

- बैशाख १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ। शनिवार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन नजिकै युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको विरोधमा युवा संघ विरोधमा उत्रिएको हो। युवा संघका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

युवा संघले शुक्रवार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर