टुक्कीमारा र टुक्की बाल्दै आएका ताँजाकोटका १२ सय घरधुरीमा विद्युतीकरण

- बैशाख १६, २०८० मा प्रकाशित


कासिन न्यूज,

सिमकोट ।

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका १२ सय घरधुरीमा विद्युुतीकरण गरिएको छ। टुक्कीमारा र टुक्की बाल्दै आएका स्थानीयका लागि विद्युुत् आयोजना र सोलार मिनीग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युुतीकरणको पहुँचमा जोडिएका हुन्।

ताँजाकोट गाउँपालिकामा भएका कुल एक हजार दुुई सय घरधुरी पूर्णरूपमा विद्युुतीकरणको पहुँचमा जोडिएका छन्। जिल्लाका सात वटामध्ये सिंगो गाउँपालिका विद्युुतीकरण भएको ताँजाकोट पहिलो भएको छ।

गाउँपालिकामा एउटा विद्युुत् आयोजना र चार वटा स्थानमा सोलार मिनीग्रीट निर्माण भएर विद्युुत उत्पादन भई आपुर्ती भएपछि सिंगो गाउँपालिका विद्युतीकरण भएको हो। जसमा ८५० घुरधुरी जनविद्युुत्को पहुँचमा जोडिएको र ३५० घरधुरी सोलारको विद्युुत्मा जोडिएका हुन्।

आठ करोड लागतमा जलविद्युत्मा कर्पुखोला जलविद्युुत् आयोजनाको ११० किलोवाट विद्युुत् उत्पादन भएको छ भने आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनीग्रडबाट १२५ किलोवाट विद्युुत उत्पाद हुँदै आएको छ।

त्यसैगरी, वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ। उत्पादित विद्युुत्ले गाउँपालिकाका सबै घरधुरीमा चौबीसै घण्टा विद्युुत् प्रयोग पर्न सेवाग्राहीलाई सहज भएको छ। गाउँपालिकावासीलाई पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयले विद्युुत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ। विद्युुत आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर