रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
- बैशाख १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन् । अर्यालले शनिबार एक वक्तव्य जारी गर्दै संसदीय दलको नेता पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको सन्दर्भमा उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका साथ आफूले राजीनामा दिएको अर्यालले जनाएका छन् ।
‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् ।
रवि लामिछानेले सर्वोच्चको आदेशअनुसार सांसद पद गुमाएसँगै पार्टीले अर्याललाई संसदीय दलको नेताको जिम्मेवारी दिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments