निरु किचनकी सञ्चालक निराको हत्यारा विक पक्राउ

- बैशाख १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर रुपमा कार्यरत विनोद विकलाई कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धुलाबारीबाट पक्राउ गरेको छ । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको यही वैशाख ७ गते पसलमै हत्या भएको थियो ।
प्रहरीले निराको हत्यामा झापा धुलाबारीका विनोद विक संलग्न भएको भने पनि उनको संलग्नता कस्तो खालको हो भनेर स्पष्ट पारेको छैन । काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी स्रोतले बतायो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर