मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रुपमा अझै जीवित – उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

- बैशाख १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
जनकपुरधाम ।

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन्।

मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे। मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिहरूलाई सरकारले कारबाही गर्ने चेतावनी दिए ।
उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए। मन्त्री श्रेष्ठले मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रुपमा अझै जीवित रहेको बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर