प्रधानमन्त्री दाहालको भारत भ्रमणको विषयमा आन्तरिक तयारी हुँदै
- बैशाख १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएकै दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी प्रक्रिया थाल्ने बताए सँगै तयारी पनि सुरु भएको छ ।
कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाइरहेको मन्त्री साउद सचिवालयले जानकारी दियो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् ।
मन्त्री साउदले अझै पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा आन्तरिक तयारी चलिरहेको आइतबार बताए । ‘भ्रमणको क्रममा छलफल हुने एजेन्डाको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ, केही दिनमा सबै विषय टुङ्गो लाग्छ । त्यसपछि मिति तय हुन्छ’, उनको भनाइ छ
यसअघि नै भारतले मे १० देखि १९ तारेखको बीचमा जुनसुकै दिन भारतको भ्रमण गर्न सकिने निमन्त्रणा पठाएको छ । नेपालले पनि प्रचण्डले वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा कुनै दिन भ्रमणमा आउन सकिने कार्य तालिकाको प्रस्ताव दिल्ली पठाएको थियो ।
उपचुनावपछि नेपालको राजनीति परिस्थिति फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भय प्रचण्डमा छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न ढिलाइ हुने अवस्था आएको बताइएको छ । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments