बीरमा दुर्घटना
इँटा छिरेर करिडोरमा खस्दा बिरामीको चार जना कुरुवा सामान्य घाइते

- बैशाख १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार दिँउसो २ बजे वीर अस्पतालको बीचमा रहेको रातो भवनको छत भत्किएको छ । लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।
‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो ।

जहाँ हामीले बिरामी कुर्ने कुरुवाको लागि बस्ने ठाउँ पनि बनाएका थियौं’, डा. पौडेलले भने, ‘केही इँटा छिरेर तल करिडोर बसेका बिरामीको कुरुवालाई लागेछ ।’ डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर