मुख्यमन्त्री पाण्डे सकेसम्म राजीव गुरुङ (दीपक मनाङे) लाई सरकारमा नलैजाने सोचमा
- बैशाख १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
केही दिन अगाडी मात्र गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चुनिएका सुरेन्द्र पाण्डेलाई २१ गते विश्वासको मत लिए सँगै मन्त्रीमण्डल गठनको प्रक्रियालाई कसरी अगाडी बढाउने भन्ने कुराले गर्दा सताउन थालेको छ ।
नेकपा एमाले सरकारबाट बाहिरीए पछि गण्डकी प्रदेशमा सरकारकोे नेतृत्व र मन्त्रीमण्डल गठन बारे चर्चा चल्न थाल्यो । नभन्दै एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई बिस्थापन गरेर कांग्रेसका पाण्डे मुख्यमन्त्री चुनिएका थिए ।
यस सँगै पाण्डेले २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसरी विश्वासको मत लिए सँगै नयाँ मन्त्रीमण्डल बनाउने सोच पनि मुख्यमन्त्री पाण्डेको रहेछ ।
काग्रेस नेता पाण्डेलाई अहिले आफ्नै पार्टी कांग्रेस भित्र मन्त्री बन्न आकांक्षी धेरै भएकाले गर्दा मन्त्रीमण्डल पुर्नगठन गर्न त्यति सहज छैन् ।
६० सदस्यीय प्रदेशसभामा २७ सदस्य रहेको कांग्रेसबाट ३ वा ४ जनामात्र मन्त्री हुनेछन् । तर आकांक्षी १० भन्दा धेरै छन् । ७ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउनुपर्ने अडान छाडेको छैन ।
अहिले माओवादी केन्द्रले मन्त्रीको संख्यामा अडान राख्दा पाण्डे फेरि केन्द्रकै मुख ताकेर बस्नुपर्ने अवस्थामा छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद विस्तार नगर्ने योजना बनाएको उनीनिकट नेताहरु बताउँछन् । पाण्डेले १५ वैशाखमा कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रकी सुशीला शिम्खडालाई मन्त्री बनाए पनि यी मन्त्रीहरुलाई जिम्मेवारी दिइएको छैन ।
यसअघिको सरकारमा माओवादीले भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिएको थियो ।मुख्यमन्त्री पाण्डेले अहिले पनि यही दुई मन्त्रालय माओवादीलाई दिने तयारीमा रहेको कुरा पनि बाहिर आएको छ ।
यसअघिकै सरकारमा पर्यटन मन्त्री बनेका म्याग्दीका रेशमबहादुर जुग्जाली दोहोरिने पक्काजस्तै छ । तर विना विभागीय मन्त्री सुशीला सिम्खडाले भने आफ्नो दाबी अर्थ मन्त्रालयमा रहेको बताएकी छन् ।
विगतमा गगन थापाको टिममा काम गरेका र हाल बागलुङबाट प्रदेशसभामा निर्वाचित डिल्लीराम सुवेदीको पनि मन्त्री हुने सम्भावना उत्तिकै छ ।
यसअघि नै संघीय सरकारको राज्यमन्त्रीसमेत भइसकेकी देउवा समूहकै बागलुङकी चम्पादेवी खड्काको पनि मन्त्री बन्ने चर्चा छ । शेखर–गगन समूहकै जीत शेरचन पनि मन्त्रीका लागि कसरत गरिरहेका छन् । भूगोल र जातीय क्लस्टर मिलाउँदा पर्वतकी रेखा गुरुङलाई पनि मन्त्री बनाउनुपर्ने एक प्रदेशसभा सदस्य बताउँछन् ।
एकीकृत समाजवादीको तर्फबाट राजीव गुरुङ (दीपक मनाङे)ले यसअघि नै सम्हालेको खेलकुदसमेत समेटिएको सामाजिक विकास मन्त्रीमा दाबी गरेका छन् । तर मुख्यमन्त्री पाण्डे सकेसम्म उनलाई सरकारमा नलैजाने सोचमा छन् ।
मुख्यमन्त्री पाण्डेले साविकका गण्डकी र धौलागिरी अञ्चलको प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद बनाउने बताएका छन् । प्रदेशको ठूलो दल भए पनि संख्याका हिसाबले एकल सरकार बनाउन ४ सिट नपुगेकाले गठबन्धनबाट समर्थन गर्ने दलको पनि महत्व उत्तिकै हुने पाण्डेको भनाइ छ । साना साना विषयमा विचार नपु¥याउँदा अर्को दुर्घटनामा नजाओस् भन्नेमा आफू सचेत रहेको पाण्डेले बताए ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेस र माओवादीको जोड्दा सिट संख्या ३४ पुग्छ । जुन प्रदेशसभाको बहुमत हो । दीपक मनाङे पनि यही गठबन्धनमा थपिएका छन् । २२ सदस्य रहेको एमाले र २ सदस्य रहेको राप्रपा प्रतिपक्षमा रहने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments