राष्ट्रपति पौडेल स्वास्थ्योपचार पछि स्वदेश फिर्ता

- बैशाख १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्केका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कीएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर