अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान
- बैशाख १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments