गीत /संगीत
अविरल बगिरहेको जंगमको सांगीतिक यात्रा
- बैशाख १८, २०८० मा प्रकाशित
सुधीर नेपाल,
कासिन न्यूज ।
मनोरञ्जन मुखी बन्दै गएको यो संसारमा जति मनोरञ्जनको माग बढ्दो छ । मनोरञ्जनका विभिन्न आयामहरुले आ आफनो गतिलाई तिव्रता पनि दिईरहेका छन् । यही मनोरञ्जनको आयाम भित्र आफूलाई सुपरहिट बनाईरहेको मनोरञ्जनको भरपर्दो साधन भनेको गीत संगीतको पनि एक हो ।
गीत संगीतको मनोरञ्जनको संसार नै अलग छ । यो साधनको प्रयोग गर्न न कुनै मौसम चाहिन्छ न त कुनै साइत नै जुराउनु पर्छ । यसको प्रयोगको कुनै समय छैन् । मानिस खुशी भएपनि यसको प्रयोग गर्छ , दुखी भएपनि यसको प्रयोग गरे कै हुन्छ ।
सुख दुखको असली साधन हो गीत संगीत । गीत संगीत विना अहिलेको संसार निरस सरह नै हो । हो यही मनोरञ्जनको संसारलाई कसरी चलाउने भन्ने निर्णय गर्ने व्यक्तिहरु अलग्गै हुन्छन् ।
मनोरञ्जन अर्थात गीत संगीतको यात्रालाई आफना स्रोता माझ पस्किन सधै लालायित हुन्छन् यसका निर्णायकहरु ।हो यहि निर्णायकको महत्वपूर्ण भूमीकामा देखापरिरहेका गीत संगीतका गुरु हुन् बरिष्ठ संगीतविज्ञ दिपक जंगम । जीवनको आधा दशक भन्दा माथि नेपाली गीत संगीतको मिठो बातावरणमा आफनो बिताई सकेका जंगमको संगीतको यात्राको बेग अहिले पनि बगिरहेको छ ।
संगीतको शहर अर्थात भक्तपुरको टौमदी र बोलाछेंको बिचमा रहेको एउटा घर थियो । त्यही घरबाट पृथ्वीमा पहिलो पाइला टेकेका जंगमलाई समय बितेको थाहा भएन् । कारण चाँही रहेछ गीत संगीत । आफनो जीवन भनेको एउटा गीत जस्तै भएको बताउने जंगम भन्छन् , जसरी एउटा गीतमा शब्द एकातिर, स्वर एकातिर रहेको हुन्छ भने ।
त्यही गीतलाई एउटा लयमा झार्नको लागि संगीतको आवश्यकता हुन्छ जसले गीतलाई मिठासमा उत्र्तान सहयोग गरिरहेको हुन्छ । यस्ता गीतहरु माथि संगीत भरेर पूर्णता दिन सक्ने अद्भुत कला भएका जंगमलाई गीत संगीतको रंगीन संसारमा प्रवेश गर्र्नको लागि परिवारले ठूलै साथ दिएको रहेछ भने सास्कृतिक माहोलले भरिएको भक्तपुरले सुनमा सुगन्ध भर्ने काम गरेको रहेछ ।
उनी केही पुराना स्मृतिलाई मुखमा ल्याउने प्रयास गर्दै भन्छन , घरको ठिक छेउमा रहेको टौमदी दबुमा नौबाजा बजाउने चलन थियो त्यतिबेला । नौ प्रकारका ध्वनि मिश्रित बाजाहरुले एउटा अनौठो माहोल सिर्जना गथ्र्यो ।
यसरी अगाडी नजर लगाए पनि गीत संगीत पछाडि नजर लगाएपनि गीत संगीत । जसका कारणले जंगमको सांगितीक यात्रा अगाडी बढाउन ठूलै सहयोग गरेको रहेछ । जसलाई जंगमले अहिले सम्म पनि प्रयोग गरिरहेका छन् । अझ जंगमको गीत संगीतलाई ध्यानपूर्वक सुन्ने हो उनको संगीतमा भक्तपुरको सांस्कृतिक सौन्दर्यलाई सिधा वा घुमाएर होस् छोएकै हुन्छ ।
अचम्म त के भने अझ उनलाई आफनो घर नजिकको चलचित्र घरको माइकबाट बज्ने संगीतका धुनहरु मुखमा कण्ठै रहेछ । जसलाई उनी आफनो पुरानो घरको बुइगलमा बसेर सुन्थे । यसले पनि उनलाई संगीतको दुनियाँमा भिज्न सहयोग गरेको रहेछ ।
यिनै दृष्य परिदृष्यहरुले पनि आफूलाई संगीतको बजारमा भिज्नको लागि गाह्रो नभएको बताउँदै जंगम भन्छन् , मेरो संगीत करिअरको सुन्दर सुरुवात यहीबाट भएको हो । संगीतमा एकाग्रता कायम गदै आफनै धुनमा बजिरहेका जंगम त्यसपछिका दिनमा कहिले पनि पछाडि फर्केर परेको रहेनछ । बाबु गोविन्दहरि जंगमको भक्तपुरमा एकप्रकारको छुट्टै पहिचान थियो । बाबुको त्यो पहिचानले पनि उनलाई होस्टेमा हैंसे प्रदान गरेको रहेछ ।
पारिवारीका वाताबरण नै संगीतमय भएकोले होला घरमा भएका बाध्ययन्त्रहरुको प्रयोग उनले राम्रै सँग गरेका रहेछन् । त्यति बेला अहिलेको जस्तो संगीतका आधुनिक औजारहरु नभए पनि घरमा भएको हार्मोनियमले उनका केही सपनाहरु पुरा गर्न थालेका रहेछन् ।
हुन त गीत संगीतको पहिलो माध्यम भनेको भजन नै हो भन्दा फरक नर्पला । हो जंगमले पनि संगीतको पहिलो सुरुवात भजनबाट नै गरेका रहेछन् । अहिलेको जस्तो आधुनिक गीत नभए पनि त्यो बेलाको भजन गायनले ठूलै महत्व राख्थ्यो ।
साथीभाईहरुको साथ सहयोगमा भगवती भजन मण्डलको स्थापना पनि जंगमले गरेका रहेछन् ।
भक्तपुरमा जन्मिएकोले पनि होला । उनलाई नेवार भाषामा निकै लगाव रहेछ । जंगम भन्छन् , मेरो लागि नेवारी भाषा मात्र भएन ना की मलाई लाग्छ यो भाषा कम ट्युन बढि जस्तो लाग्छ । हो जंगमले पनि यसको भरपुर फाइदा लिएका रहेछन् । उनले नेवारी भाषालाई ट्युनको रुपमा प्रयोग गरेका रहेछन् ।
बाल्यकालको आधा जसो समय भक्तपुरमा बिताए उनले त्यसपछिका दिन भने बानेश्व भिमसेनगोलामा बिताउन थाले । यो समयमा जंगमले भक्तपुरलाई मीस गर्न थाले । जसरी समय बित्दै गयो । भक्तपुरबाट काठमाडौं झरेका जंगममा आफनो उमेरका साथीभाई कोही नहुँदा मनमा कता कता दुख पनि लाग्थ्यो । कहिले काँही उनी आफूले आफूलाई एक्लो महसुस गर्थे ।
यही एक्लोपनको कारण उनी रेडियो तिर आर्कषित हुन् थालेका रहेछन् । त्यसपछि उनको साथी भनेको नै रेडियो बन्न पुगेको रहेछ । यसरी रेडियो सँग साक्षत्कार गर्दै बेलाबखत हार्मोनियम ट्याई ट्याईटुई पनि गर्न थाले ।बेलाबखतमा गरिएको हार्मोनियम ट्याई ट्याईटुईले उनको संगीतमा प्रवेशका लागि झन् खुकुलो बनाई दिएको रहेछ । संगीतको बजारको पहिलो यात्रा भने उनले बालगीत बाट गरेका रहेछन् । एक हप्तामा एउटा साथीले गीत लेखेर रेडियोमा ल्याउँथ्यो । जंगम जहाँको त्यही बसेर त्यो गीतमा ट्युन भरिहाल्थे । अनि सबै मिलेर त्यही ट्युनमा गीत गाउँथे ।
अहिले पनि ति दिन सम्झदा उनलाई लाग्छ म निकै फास्ट गीत कम्पोज गर्ने रहेछु भनेर । यसरी रेडियोमा उनको सकृयताको कारण उनले संगीतका नायकहरु नातिकाजी, शिवशंकर पुष्प नेपाली लगायत संग उनको हिमचिम हुन् थाल्यो । त्यो बेला खेलीने गीतिनाटकहरुले गर्दा पनि जंगमलाई यो क्षेत्रमा टिकिरहन सक्ने बनाएको रहेछ ।
आफूले गर्ने हरेक किसिमका कार्यलाई निकै सिरियसली हेर्ने बानी भएकोले होला उनले अहिले सम्म संगीतको क्षेत्रमा पछाडी फर्केर हेर्नु परेको रहेनछ ।
अहिले सम्म जंगमले कतिवटा गीतहरुमा संगीत भरे भन्ने उनी आफूलाई नै राम्रो हेक्का रहेनछ । जंगम भन्छन् , जहाँसम्म लाग्छ अहिले सम्म हजार माथि गीतहरुमा संगीत भरे होला । गीत संगीतको व्यवसायीकताको कुरा गर्दा जंगम भन्छन् , त्यो बेला संगीत प्रति स्रोताहरुको लगाव निकै राम्रो भएपनि यसमा व्यवसायीकता भने आइसकेको थिएन । साच्चै जंगमलाई संगीतले राम्रै सँग पछ्याएको रहेछ । कुन गीतमा कसरी संगीत भर्ने कुरालाई केही बेरको सोचले पहिल्याउन सक्ने अद्भुत कला पनि जंगममा रहेछ । उनी यसलाई प्राकृतिक गुण भन्छन् ।
नारायण गोपालले स्वर भरेका चर्चित गीत एउटा मान्छेको मायाले मा संगीत भरेका जंगमको यो गीत चौथो पुस्ताका युवायुवतीहरु माझ पनि चर्चित छ । यही चर्चा नै आफनो कमाई हो भन्छन् जंगम ।
गीत संगीतको माहोलमा आएको परिवर्तनले डाँडा काँटे पनि गीत संगीतमा लागेर बाच्न सकिएला भन्ने ढुक्कको स्थिती भने अझै नभएको जंगम बताउँछन् । आफना अतितलाई केल्याउँदै जंगम भन्छन् , राजा महेन्द्रबाट संगीतको सट्टा अभिनयबाट सय रुपैयाँ पुरस्कार पाएको क्षण कहिल्यै बिर्सदैनन । यो क्षण आफनो जीवनको एउटा सुखद क्षण भएको पनि उनी बताउँछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments