सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा
- बैशाख १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गरेका छन् ।
शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गरेका हुन ।
सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दाहरूमा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उनले बताए ।
सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उनले बताए ।
यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रबद्र्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गरे ।
हालैका वर्षहरूमा चीन–सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढावा दिन चीन इच्छुक रहेको झाईले बताए ।
झाईले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान र कायम राख्नुपर्ने उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र पश्चिमा मुलुकलाई सिरियाविरुद्ध एकतर्फी प्रतिबन्ध र आर्थिक नाकाबन्दी तत्काल हटाउन आग्रह गरे । उनले सिरियाली जनतालाई मानवीय र विकास सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै चीन सिरियाको अरब मुलुकसँगको सम्बन्ध सुधारमा रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको उल्लेख गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments