वर्षका कारण प्रभावित नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हुँदै
- बैशाख १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स ९यूएई० बीचको फाइनल खेल मंगलबार हुँदैछ । सोमबार वर्षाका कारण पूरा हुन नसकेको खेल मंगलबार पुनः हुने भएको हो ।
मंगलबार ‘रिजर्भ डे’ मा बाँकी खेल खेलाइने नेपाल क्रिकेट संघ ९क्यान० का कार्यवाहक सचिव दुर्गाराज पाठकले इकागजलाई बताए । ‘खेल’ अहिलेकै अवस्थाबाट सुरु हुन्छ,’ पाठकले बताए ।
यसको अर्थ मंगलबार पुनः खेल हुने सम्भावना रहे युएईले २७ ओभर ३ बलमा गुमाएको ९ विकेटबाट ब्याटिङ गर्न आउनेछ । तर मंगलबार पनि पानी पर्ने सम्भावना रहेका कारण खेल पूरा हुनेमा आशंका छ ।
वर्षका कारण खेल प्रभावित भए दुई पटकसम्म सुपर ओभर खेलाएर नतिजा निकाल्ने प्रयास हुनेछ । तर सुपर ओभर पनि सम्भव नभए प्रतियोगिताको वरीयता अर्थात आईसीसीको एकदिवसीय वरीयता अनुसार विजेताको टुंगो लाग्नेछ ।
आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा रहँदा यूएई भने १९ औँ स्थानमा छ । वरीयताअनुसार नेपाल नै विजेता घोषित हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments