नेपाललाई एसीसी प्रिमियर कपको उपाधि – नेपालका ओपनर आसिफ र यूएईका रोहन बिच विवाद

- बैशाख १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।
वर्षाका कारण आइतबार बीचमै रोकिएको खेल सोमबार फेरि भएको थियो । एक विकेट मात्र बाँकी रहेको यूएई ११७ रनमै अल आउट भयो, नेपालले मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

तर खेलका क्रममा नेपालका ओपनर आसिफ शेख र यूएईका रोहन मुस्तफाबीच विवाद भएको छ ।

यूएईका फिल्डरहरुले नेपाली ब्याट्सम्यानलाई सुरुदेखि नै दबावमा राख्न खोजेका थिए । त्यसक्रममा ननस्ट्राइकमा भएका बेला पनि आसिफ र मुस्तफाबीच विवाद भयो । त्यसबेला अम्यायर र अरु फिल्डरले रोकेका थिए ।
खेल सकिएपछि विवाद भयो ।
दुवै टिमका खेलाडीहरुले हात मिलाउने क्रममा थिए आसिफले मुस्तफासँग हात मिलाउन चाहेनन् । त्यसक्रममा दुई खेलाडीबीच विवाद भएपछि अरुले छुट्याएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर