शरणार्थीको नाममा ठगी
राईका छोरा निरज विरुद्ध पनि पक्राउ पुर्जी जारी

- बैशाख १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरज विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार निरज फरार छन् । उनी नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । निरजका बुवा इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर