राष्ट्रपति पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने
- बैशाख १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च आफैले बेहोर्ने भएका छन्। राष्ट्रपतिका तर्फ बाट उनका प्रेस संयोजक खिला कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा त्रिवि शिक्षण अस्पताल र दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा गरिएको सम्पूर्ण उपचार खर्च आफैँले बेहोर्न चाहेको उल्लेख छ।
प्रेस संयोजक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ’सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइमा विदितै छ।
उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ।’ वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल गत आइतबार स्वदेश फर्किएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments