मन्त्रिपरिषद विस्तार
गुरुङ, बस्नेत र लिम्बु बने मन्त्री

- बैशाख २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर