बाटो बिराएका सबैजनालाई वैधानिक छाताभित्र एकजुट हुन आग्रह महासंघको आग्रह
- बैशाख २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्व हिन्दू महासंघले विधिसम्मतरूपमा आफ्नो महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ । महासंघले यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो ।
महासंघका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन गर्न कम्तिमा छ महिना समय लाग्ने जानकारी दिइन । उनले भनिन् , “अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गर्नुपर्छ, त्यसका लागि कम्तीमा छ महिना समय लाग्न सक्छ । महासंघमा यतिबेला बाटो बिराएका सबैजनालाई वैधानिक छाताभित्र एकजुट हुन आग्रह गर्दछौँ ।”
विश्वका विभिन्न भागमा छरिएर रहेका सम्पूर्ण हिन्दू धर्म संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी सङ्गठित तुल्याउन विश्व हिन्दू महासंघ २०४० सालमा विधिवत् रुपमा दर्ता भएको संस्था हो । विश्वभर हिन्दूत्व र सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने यसको लक्ष्य हो ।
महासंघको अर्काे समूहले भने आफू आधिकारिक नभएको दाबी गरेको छ । महासंघको अन्तर्राष्ट्रिय समितिलाई अभिभावकीय भूमिका रहन दिनुपर्ने र साधुसन्तको जिम्मा दिनुपर्ने अर्काे समूहको भनाइ छ । महासंघको राष्ट्रिय समितिका अध्यक्ष डा रामचन्द्र अधिकारीले महासंघका विभिन्न पार्टी र दरबारको शक्तिको दुहाइ दिन नहुने बताए । उनले सबै मिलेर हिन्दू राष्ट्रको अभियानलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments