शरणार्थीलाई विदेश पठाउने नाममा मेरो न हिजो सर्मथन थियो, न अहिले र भोलि रहन्छ – एमाले सचिव रायमाझी

- बैशाख २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

त्यो बिल्कुल झुट कुरा हो । त्यसमा कुनै सत्यता छैन । हामी त्यसमा लाग्ने कुरा पनि भएन । कहाँबाट कसले के गरेको हो, त्यो थाहा पनि छैन । म बुझ्दै छु । म काठमाडौं जाँदै छु, बुझेर यसबारे बताउँछु नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफू विरुद्ध लगाइएको आरोप निराधार भएको पनि बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौंले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी हो ।

तर रायमाझी यो किन आयो, कसरी आयो भन्ने केही थाहा नभएको बताउँछन् । घुम्न गएको आधारमा, चिया कफी खाएको बेलामा फोटो खिचेको मान्छेले किन त्यसरी नक्कली चेक काट्यो, त्यो हामीसित पनि छैन । त्यसको के अर्थ छ ? त्यो पनि चार वर्ष पुरानो । चेक साटिएको भए पनि यसो पैसा तिरेछ, किन साटिएछ भन्ने हुन्थ्यो ।

यसको बारेमा छानबिन राम्ररी होस् । सत्यतथ्य राम्ररी आओस् । गैरभुटानी शरणार्थीलाई विदेश पठाउने नाममा मेरो न हिजो सर्मथन थियो, न अहिले र भोलि रहन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर