सुडानमा अलपत्र परेका नेपालीलाई सरकारले गर्यो उद्धार
- बैशाख २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सुडानमा अलपत्र रहेका नेपालीहरु मध्ये १९ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई नेपाल फिर्ता ल्याइँदै छ।
पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए।
जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ।
नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ। बाँकी ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments