अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उच्च बनाउने गरी काम गर्ने – नवनियुक्त खेलकुदमन्त्री

- बैशाख २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन् ।

मन्त्रालयमा विहिबार पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए । मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताए । खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने भनाई उनको थियो ।

मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । यही वैशाख १९ गते नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै उपाधि जितेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर