धर्म /संस्कृति
बुद्धको जयन्ती -हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरेको दिन

- बैशाख २२, २०८० मा प्रकाशित


राजकुमार लामा ।
संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा,छ्योर्देन, विहार लगायत स्थलमा रेन्पोछे बौद्ध धर्मगुरु एवं लामाहरु लगायत आ–आफना विधि अनुसार पुजा गर्ने गर्छन।
हरेक वर्ष शान्तिका अग्रदूतका रुपमा चिनिएका गौतम बुद्धको जयन्ती मनाईन्छ तर उनको उपदेश वा सन्देशको भने कोही कसैले पनि अनुशरण गरेको पाइदैन । जसको परिणाम मुलुकमा सधै अशान्ति, राजनितिक अस्थितरता सिर्जना हुनेको गरेको छ । यो अत्यन्त दुःखको कुरा हो । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । किनकि यस शान्तिभूमि रणभूमिमा परिणत भएर थुप्रै रगत बगिसकेको छ ।
बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए तापनि त्यसको अनुशरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी राजनितिक अस्थिरता भोग्नु परेको मात्र छैन त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । बुद्धकालीन समाजमा पनि जनता उत्पीडित थिए । जातीय, वर्गीय शोषण एवं पुरातन धर्मको आडमा वर्णभेद, लिंगभेद, तथा धार्मिक विभेद चरमोत्कर्षमा थियो । त्यस्तो बेलामा पनि बुद्धले शान्ति र सत्यको मार्ग पहिल्याएका थिए ।
अहिले शान्ति र सत्यको मार्गमा कोही पनि छैनन् । जसले गर्दा अहिले नेपाली जनताले असहज परिस्थितिको सामना गर्नु परेको छ ।यसतर्फ कुनै राजनीतिक दल वा सरकार प्रमुख व्यक्तित्वहरू जवाफदेहिता र जिम्मेवार देखिदैनन् । यस्तो हुनु विडम्बना हो । बुद्धको उपदेशलाई अनुशरण गर्दै उनले दर्शाएको पथमा हिँड्ने हो भने यस्ता कुराहरु हुँदैन्थे । तर त्यसतर्फ कसैको ध्यान छैनन् ।
देश र जनतलाई शान्ति र सुख राख्न बुद्धको सन्देश पहिल्याउनु नै बुद्ध जयन्ती मनाउनुको सार्थकता रहने छ । कुनै पनि धर्मावलम्बी भए पनि बुद्ध र बौद्द धर्म मन पराउने र कुनै धर्ममा खासै चासो नराख्नेहरू पनि बौद्ध धर्मको मार्गले विश्वमा शान्ति र भाइचारा बढाउने माध्यम बनेको छ ।
यसरी यो संसारकै एउटा साझा दर्शन भएको छ बौद्ध दर्शन । विश्वले यसरी बुद्ध र बौद्धका उपदेशहरूलाई अंगीकार गरिरहेको अवस्थामा नेपालले भने बुद्धलाई सानो घेरामा राख्नु भनेको समग्रमा नेपालले चाहेको परिवर्तन र बिकासको ढोका बन्द गर्नु जस्तो हुन पुगेको छ ।
संकीर्णसोच हावी भयो भने बाँकी विश्वले बुद्ध र बौद्ध धर्मलाई कुन रूपमा लेला? बुद्ध र बौद्ध धर्मको नामबाट नेपालले पर्यटन लगायतका क्षेत्रमा फाइदा लिन चाहेको संकेत केही दशकयता सरकारी स्तरबाट सुस्तगति बाट भइरहेका गतिविधिले देखाउछ यो कम्तिमा सकरात्मक पक्ष हो, तर यति मात्र पर्याप्त भने होईन् । नेपाललाई बौद्द तिर्थस्थालको रूपमा बिकास गर्न सके मात्र आर्थिक बिकासको उपाय हुन सक्छ ।
विश्वले नै बुद्ध र बौद्दको शिक्षालाई अंगीकार गरिरहेका अबस्थामा बुद्द जन्मभूमिले चाहिं संकुचितसोच राख्नु देशकै लागी प्रत्युत्पादक हुन सक्छ भनी हामी सचेत हुनुपर्छ ।
बुद्धको विचरण भूमि नेपाल बुद्ध र बौद्ध धर्म दर्शन उजिल्याउन खासै उत्साही देखिंदैनन् । बरु श्रीलंका, चीन, जापान, कोरिया, थाइल्यान्ड आदि राष्ट्रहरूमा अग्रसरता देखिएको छ ।
आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको छ। आतङ्कवाद, शस्त्रास्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनानुदित झन् कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र मननीय हुन पुगेका छन् । पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अत्यनता उपेगिता रहेका छ ।
भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले हाम्रो देश, यो क्षेत्र तथा सम्पूर्ण विश्वमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव स्थापना गर्ने तथा ज्ञानको आलोकबाट हाम्रो जीवनलाई पावन र पल्लवित बनाउने हाम्रो सत्प्रयासलाई सदैव मार्गदर्शन गर्नेछ ।
देश र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूले बुद्धको प्रशंसा मात्र गर्नुभन्दा कम्तीमा उनको नेतृत्व क्षमता र मार्गदर्शनबाट केही सिक्न सके, उनका उपदेशलाई व्यवहारमा लागु गर्न सके समग्रमा नेपाल र नेपालीको हित हुन्थ्यो।
मात्र नेतृत्वबर्गको सोच परिबर्तनको आबश्यक छ ्र प्राणी हिंसाको दृश्यबाट हृदय पग्लेर रत्नाकर वाल्मीकि बनेका छन्, सिद्धार्थ गौतम शाक्यमुनि बुद्ध बनेका छन ।
अहिले पनि दलहरुमा वैमनस्यता र सत्ता प्राप्ती जस्ता टकरावको स्थिति विद्यमान छ, जसले राजनीतिक अस्थिरता र खतराको स्थिति देखाइरहेको छ । राजनीतिमा शक्तिको लागि मात्र अभ्यास गरिन्छ भने त्यहाँ हिंसा निश्चितरुपमा हुन्छ ।
अब कृषिमा आधारित होईन सागरमाथा,ऋषी भुमि, बुद्द भुमिलाई केन्द्र बिन्दुमा राखेर बौद्द बिश्वबिधालय,हिन्दु बिश्वबिधालय साथै धार्मिक पर्यटनमा आधारित अर्थतन्त्रको लागी माहोल तयार गर्न आबश्यक देखिन्छ ।
अस्थिर राजनितिको फाईदा उठाउने दलका नेताहरू यदी समयमा सच्चिन नचाहेमा राजनिति कोर्ष परिवर्तन हुने दिन त्यति टाढा देखीरहेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर