हेलिकोप्टर दुर्घटना
दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हेलिकोप्टरबाट १ जनाको उद्धार
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संखुवासभामा सिम्रिक एयरको दुर्घटना भएको स्थानबाट १ जनाको उद्धार भएको छ। जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो।
भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहना लामाले दुर्घटनास्थलबाट १ जनाको उद्धार भएको जानकारी दिइन्। उद्धार हुनेमा पाइलट हुन् भन्ने छ,’ उपाध्यक्ष लामाले भनिन्।
हेलिकोप्टर दुर्घटनास्थलमा नेपाली सेनाको टोली पुगेको र उद्दार चलिरहेको लामाले जानकारी दिएन्। माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्न प्रयोग भएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा थिएन। हेलिकोप्टर सम्पर्कविहीन भएपछि खोजी थालिएकोमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments